४भाद्र,२०८२ः नेपालले अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हरायो ।
नेपालले दोस्रो जित निकाल्नेक्रममा मंगलबार होबार्ट हरिकेन्सलाई हराएको थियो । लगातार दोस्रो जित निकाल्नेक्रममा नेपालले उत्कृष्ट बलिङ ग¥यो । आफ्नो पाँचौं खेलमा नेपालले रेनेगेड्सलाई १ सय ६ रनमै समेट्यो । रेनेगेड्सका लागि अर्जुन नायरलाई २२ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक २६ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । रेनेगेड्सविरुद्धको जितमा अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा १७ रन दिएर सर्वाधिक ५ विकेट लिए ।

यस्तै, कुशल भुर्तेलले दुई तथा शाहब आलम र रुपेश सिंहले एक÷एक विकेट हात पारे । त्यसअघि डार्विनको काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।नेपालका लागि कुशल मल्लले २२ बलमा २९ रन, कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन र लोकेश बमले १६ बलमा २४ रन जोडे ।
भीम सार्कीले १७ रन, आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए । बलिङतर्फ रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले दुई÷दुई विकेट हात पारे । नेपालले जारी सिरिजको सुरुआतमा लगातार तीन खेलमा हार बेहोरेको थियो, जहाँ नेपाल एनटी स्ट्राइकसँग ४२ रन, बंगलादेश ‘ए’ सँग ३२ रन र मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो । चौथो खेलमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको थियो । नेपालले अब शुक्रबार पाकिस्तान साहिन्ससँग खेल्ने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?