मंसिर २१,धनगढी :भोलीदेखी सञ्चालन हुने १८औं संस्करणको सुदुरपश्चिम महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।महोत्सवको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कैलाली उद्योग वाणिज्य सघंका महासचिव ओम बिष्टले बताए । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने महोत्वस पुस २ गतेसम्म सञ्चालन हुनेछ । कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ५३१ वटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

संघले महोत्वसमा उद्योगी व्यवसायको १५ करोड बराबरको कारोबार हुने अनुमान गरेको छ। महोत्सव उत्कृष्ट रूपमा सम्पन्न गर्न ३ करोड लाग्ने बताइएको छ। यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ। महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट तोकिएको छ । सुदूरपश्चिम महोत्सवबाट संकलन भएको रकमबाट तीन लाख रकम एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स टीमलाई दिने बताएको छ । ‘सुदूरपश्चिम महोत्सव–२०८१’बाट संकलन भएको रकमबाट सुदूरपश्चिम रोयल्सलाई दिने भएको कैलाली उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?