You are currently viewing १८ वर्षपछि इण्डियन प्रिमियर लिग ( IPL ) को उपाधि आरसिबीलाई,फाइनलमा पञ्जाब स्तब्ध
Photo : RCB

१८ वर्षपछि इण्डियन प्रिमियर लिग ( IPL ) को उपाधि आरसिबीलाई,फाइनलमा पञ्जाब स्तब्ध

जेठ २१,धनगढी : १८ वर्षपछि इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले जितेको छ । मंगलबार राति सम्पन्न फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसिबीले पहिलोपटक आइपिएल उपाधि जितेको हो ।

Photo : RCB

आरसिबीले चौथो प्रयासमा उपाधि जितेको हो । उसले सन् २००९, २०११ र २०१६ को आइपिएल फाइनलमा स्थान बनाएको थियो । तर, ती तीनवटै फाइनलमा आरसिबी पराजित भयो ।यसपालि भने उसले वर्षौंदेखिको उपाधि खडेरी तोड्यो ।

Photo : RCB

९ वर्षपछि फाइनल खेलको पञ्जाबको उपाधि सपना भने फेरि अधुरै रह्यो । उसले दोस्रोपटक फाइनलमा स्थान बनाएर पनि उपाधि जित्न नसकेको हो ।पञ्जाबले पछिल्लोपटक सन् २०१४ को आइपिएल फाइनल खेलेको थियो । उक्त फाइनलमा पञ्जाब कोलकातासँग पराजित भएको थियो । र, उसले त्यो क्रम २०२५ मा पनि दोहोर्यायो ।

यसपालि फाइनलमा आरसिबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।उसका लागि शशांक सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ३० बलमा ६ छक्का र तीन चौकासहित अविजित ८१ रनको पारी खेलेका हुन् ।

Azmatullah Omarzai of Punjab Kings celebrates the wicket of Virat Kohli of Royal Challengers Bengaluru with Shashank Singh of Punjab Kings during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025
Photo by Arjun Singh / Sportzpics for IPL

यस्तै, जोस इंग्लिसले ३९, प्रभसिमरन सिंहले २६, प्रियांस आर्यले २४ र नेहाल बधेराले १५ रन जोडे । आरसिबीका लागि भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले दुईरदुई तथा जोस हेजलउड, रोमारियो सेफर्ड र यस दयालले एकरएक विकेट लिए ।

Photo : RCB

त्यसअघि गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो ।उसका लागि पूर्वकप्तान विराट कोहलीले ३५ बलमा तीन चौकासहित सर्वाधिक ४३ रन बनाए ।

Photo : RCB

यस्तै, कप्तान रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५, मयंक अग्रवाल र जितेश शर्माले २४र२४, रोमारियो सेफर्डले १७ र फिल साल्टले १६ रन जोडे ।पञ्जाबका लागि कायल जेमिसन र अर्शदीप सिंहले तीनरतीन तथा अज्मतुल्लाह ओमारजाई, विजयकुमार वैशाख र युजवेन्द्र चहलले एकरएक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply