जेनजी आन्दोलनका शहीदको सम्झनामा धनगढी उपमहानगरपालिकाद्धारा शोक बिदा

२४ भाद्र,२०८२ः जेनजी आन्दोलनका क्रममा शहीद भएका युवाको सम्झनामा धनगढी उपमहानगरपालिकाले सोमबार (२०७९ भदौ २४ गते) एक दिनका लागि शोक विदा दिने घोषणा गरेको छ।
नगरप्रमुख गोपाल हमालद्वारा जारी गरिएको विज्ञप्तिमा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघ–संस्थामा शोक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ। भदौ २३ गते आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपमहानगरपालिकाले शोक व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले प्रकाशित गरेको सूचनामा शहीदको बलिदानलाई सम्मान गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top