नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीद्वारा शोक बिदा घोषणा

२४ भाद्र,२०८२ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, जिल्ला शाखा कैलालीले सोमबार भाद्र २३ गते जेनजीले आयोजना गरेको आन्दोलनमा काठमाडौंमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै आज (भाद्र २४ गते, मंगलबार) शोक बिदा घोषणा गरेको छ।

संघका अध्यक्ष टंक धामाला र सचिव मनोज सापकोटाद्वारा जारी सुचनामा आन्दोलनमा ज्यान गुमाउने आत्माहरूको चिरशान्तिको कामना गर्दै शोक प्रकट गरिएको छ। साथै, आज एक दिनका लागि सम्पूर्ण कैलाली जिल्ला भित्रका सम्पुर्ण पुस्तक तथा स्टेशनरी पसलहरू बन्द गर्न आग्रह गरीएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top