You are currently viewing प्रशासन र मालपोत कार्यालयलाई सुनचाँदी व्यवसायी संघद्धारा आवश्यक सामाग्री सहयोग

प्रशासन र मालपोत कार्यालयलाई सुनचाँदी व्यवसायी संघद्धारा आवश्यक सामाग्री सहयोग

३असोज,धनगढीः सुनचाँदी व्यवसायी संघ कैलालीले जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयलाई विहिवार आवश्यक सामाग्री सहयोग गरेको छ।
सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले कार्यालयलाई आवश्यक पर्ने सामाग्री कुर्ची जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई हस्तान्तरण गरेका छन्। यसैगरी संघले जिल्ला मालपोत कार्यालय कैलालीलाई विद्युतीय सामाग्री सहयोग गरेको छ। केही दिन अघि जेनजी समूहबाट भएको प्रदर्शनले कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो।


कामकाज ठप्प भएको कार्यालयको दैनिक काममा सहज, छिटो, छरितो होस भन्ने उद्देश्यले सुनचाँदी व्यवसायी संघले सरकारी कार्यालयहरुलाई सहयोग गरेको अध्यक्ष सुनारले बताए। अध्यक्ष सुनारले आम नागरिकहरुलाई आगजनी तथा तोडफोडले क्षतिग्रत भएका कार्यालय संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गरेका छन्।


सामाग्री हस्तान्तरण कार्यक्रममा सुनचाँदी व्यवसायी संघ कैलालीका पदाधिकारीहरु तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो। केही दिन अघि संघका पदाधिकारीहरुले जेनजी समूहबाट तोडफोड तथा आगजनी गरिएको आन्तरिक राजस्व कार्यालय धनगढीका भवन तथा कार्यालय परिसरमा सरसरफाई गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply