You are currently viewing धनगढी –६ मटियारीमा रहेको भैरब बाबा आधारभुत विद्यालयमा नयाँ शैक्षिकसत्रबाट अंग्रेजी माध्यममा पनि पढाइ हुने

धनगढी –६ मटियारीमा रहेको भैरब बाबा आधारभुत विद्यालयमा नयाँ शैक्षिकसत्रबाट अंग्रेजी माध्यममा पनि पढाइ हुने

धनगढी –६ मटियारी कैलालीमा रहेको भैरब बाबा आधारभुत विद्यालयमा नयाँ शैक्षिकसत्रबाट अंग्रेजी माध्यममा पनि पढाइ हुने भएको छ । बिहिबार विद्यालयको ३७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा अभिभावकहरुले माग गरेपछि अंग्रेजी माध्यममा पनि पढाइ सुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक बहादुर साउदले जानकारी दिए ।

साउदका अनुसार अंग्रेजी माध्यमका लागि वडा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि वडा न.६ का अध्यक्ष भागिराम चौधरीले विद्यालयको शैक्षिक उन्नयनको लागि वडा न.– ६ ले आवश्यक पर्ने आर्थिक तथा भौतिक सहयोग तयार गरेको बताएका छन ।

३७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर राना थारुको अध्यक्षता तथा धनगढी उपमहानगरपालिका वडा न. –६ का वडा अध्यक्ष भागिराम चौधरीको प्रमख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी वडा न. ६ कै वडा सदस्य महेन्द्र बहादुर थापामगर, चन्दादाता अशोक पन्त रहेका थिए ।

कार्यक्रममा अर्का चन्दादाता तपेन्द्र शाहीका दाजुभाईबाट प्रत्येक वर्ष आफ्ना स्वर्गीय माता पिताको सम्झनामा दिदै आउनुभएको जेहेन्दार छात्रवृत्ति रकम रु २००० समेत चार जना जेहन्दार विद्यार्थीहरुलाई जनहि रु ५०० / ५०० को दरमा प्रदान गरिएको थियो भने खेल सप्ताहको समेत पुरस्कर वडा कर्यालयको आर्थिक सहयोगमा वितरण गरिएको प्रधानाध्यापक साउदले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply