You are currently viewing कप्तान राजु रिजालको अर्धशतकको मद्दतमा अछामको पहिलो जीत

कप्तान राजु रिजालको अर्धशतकको मद्दतमा अछामको पहिलो जीत

धनगढीको फाप्लामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगीतामा अछामले पहिलो जीत निकालेको छ । पहिलो खेलमा कैलालीसँग ५८ तथा दोश्रो खेलमा कञ्चनपुरसँग १०८ रनले पराजित भएको अछामले तेश्रो खेलमा भने डोटी विरुद्ध ७ रनको रोमाञ्चक जीत निकालेको हो ।

अछामले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा डोटी २९.५ ओभरमा अलआउट हुँदै १७७ रनमा समेटियो । डोटीका लागि आयुष खड्काले सर्वाधिक ३६ रन बनाएपनि जितका लागि पर्याप्त भएन । आयुष द्यारियाले २३ रन बनाउँदा पारस महत २२ रनमा अविजित रहे भने डबल ऐरले पनि २२ रनको पारी खेले । अछामका लागि आर्यन बिक,रमेश भट्ट र दिपक शाहीले समान दुई दुई विकेट लिए भने निराजन गौतमको नाममा एक विकेट रह्यो ।

त्यसअघि फाप्ला खेलमैदानमा खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा डोटीले टस जितेर अछामलाई ब्याटिङको निम्तो दिएको थियो । अछामका लागि कप्तान राजु रिजालले अर्धशतक प्रहार गरे । ५३ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै दिपक टमाटाले अविजित ३२ रनको पारी खेल्दा आशिष लुहारले ३० रन बनाए । २५ रनको योगदान दिएका रमेश भट्ट म्यान अफ दी म्याच चुनिए । डोटीका लागि प्रकाश जोशीले सर्वाधिक ३ विकेट लिए । ६ ओभर बलिङ गरेका जोशीले १ मेडेन राख्दै ४७ रन खर्चेर ३ विकेट लिएका हुन । पारस महतले २ विकेट लिएभने सौर्य श्रेष्ठले पनि किफायति बलिङ गरे । ६ ओभर बलिङ गरेका श्रेष्ठले २ ओभर मेडेन राख्दै मात्र ११ रन खर्चेर १ विकेट लिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply