You are currently viewing वैशेषिक उत्सव अन्तरगतको बाल उत्सव सम्पन्न

वैशेषिक उत्सव अन्तरगतको बाल उत्सव सम्पन्न

धनगढी उपमहानगरपालिका वडा न २ मा रहेको वैशेशिक पाठशालाले वैशेषिक बाल उत्सव सम्पन्न गरेको छ । विहिबार विद्यालयका प्रबन्ध निर्देशक प्रकाश छेडालको अध्यक्षतामा सम्पन्न कार्यम्रमा प्रमुख व्याब्सनका सुप अध्यक्ष सि.बि.चन्द रहेका थिए। उक्त बाल उत्सवमा प्राथमिक तहका विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु राखेका थिए ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा कृयाशील व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा धनगढी नगर प्याब्सनका अध्यक्ष ध्रुब बहादुर सिंह, कैलाली उद्योगग वाणिज्य संघका सचिव प्रकाश कुमार चन्द, लुकास बोम्जन तामाङ र झेलसिंह राना रहेका थिए । कार्यक्रममा धनगढीका विभिन्न विद्यालयका संचालक तथा समाजका विशिष्ट व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रअ विवेश भट्टले गरेका थिएभने कार्यक्रमको संचालन शैक्षिक संयोजक एकेन्द्र सिंह धामीले गरेका हुन । उक्त बाल उत्सव कार्यक्रमको संयोजन कक्षा १-५ संयोजक कुशल कठायतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply