३असोज,धनगढीः संविधान दिवसको अवसरमा नेकपा (एमाले) र नेपाली कांग्रेसले कैलालीमा संयुक्त र्याली आयोजना गरेका छन्। अत्तरियादेखि सुरु भएकोर्याली सहिदगेटको भित्री सडक, क्याम्पस चोक हुँदै चौराहासम्म पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा एमाले र कांग्रेस दुबै दलका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले आफ्ना पार्टीका झण्डासहित संविधानको समर्थनमा नाराबाजी गरेका थिए।

कोणसभामा बोल्दै नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरीले संविधान जारी भएको ११ वर्ष पुरा भएको स्मरण गराए। उनले संविधान निर्माणमा नेपाली जनताको १९ दिने ऐतिहासिक आन्दोलनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको नेतृत्व निर्णायक रहेको उल्लेख गरे। चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जीवनको आहुति दिने वीर शहीदप्रति श्रद्धाञ्ली व्यक्त गर्दै तिनका सपनाहरू पूरा गर्न कांग्रेस सधैं प्रतिवद्ध रहने बताए।

जेन जी पुस्ताले उठाएका बिधि शासनका कुराहरुलाई नेकपा (एमाले) दलले सम्पर्क गरेको एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले बताए। देश अहिले शुन्यमा चलेको र आन्दोलनमा घुषपैट भएको भन्ने कुरा आएको पनि उनले जानकारी गराएका छन् ।
त्यसैगरी, कांग्रेस कैलालीका सचिव निर्प बहादुर सुनारले जेन्जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा भोलि धनगढी उपमहानगरपालिका सबै वडा र धनगढीका लागी पार्कमोडमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?