You are currently viewing आकर्षक अर्धशतक प्रहार गरेका लोकेश बम म्यान अफ दी म्याच घोषित

आकर्षक अर्धशतक प्रहार गरेका लोकेश बम म्यान अफ दी म्याच घोषित

दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध अर्धशतकीय पारी खेलेका विराटनगर किंग्सका ओपनर लोकेश बम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । उनले मंगलबार बेलुका सम्पन्न पोखरासँगको खेलमा  ४८ बलमा सात छक्का र एक चौकासहित ७२ रनको पारी खेले ।

एनपिएल करियरमा लोकेशको यो दोस्रो अर्धशतकीय पारी हो । सानदार इनिङ खेलेका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।पोखरासँगको खेलमा विराटनगरका अर्का ओपनर मार्टिन गप्टिलले पनि अर्धशतकीय इनिङ खेले । उनले ३५ बलमा पाँच छक्का र तीन चौकासहित ६१ रनको इनिङ खेलेका हुन् । एनपिएल करियरमा गप्टिलको यो दोस्रो अर्धशतक हो । लोकेश र गप्टिलको अर्धशतकको मद्दतमा विराटनगरले पोखरालाई ५३ रनले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply