You are currently viewing भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री -देउवा

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री -देउवा

पराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै छिन् । उनका भारतीय समकक्षी डा.एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ । भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित,पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धन बारे छलफल गर्ने जनाइएको छ ।

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply