You are currently viewing CCS+2 धनगढी प्याब्सन क्रिकेट प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु आजदेखि

CCS+2 धनगढी प्याब्सन क्रिकेट प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु आजदेखि

धनगढीको फाप्लामा जारी अन्तरविद्यालय CCS+2 धनगढी प्याब्सन क्रिकेट प्रतियोगितामामा आज क्वाटर फाइनलका खेलहरु हुने भएका छन् । आज बिहान ९ बजेबाट सुरु हुने क्वाटर फाइनलमा समुह ए को विजेता ऐश्वर्य विद्या निकेतनका विरुद्ध समुह बी को विजेता स्टेपिङ स्टोन स्कुल खेल्दैछ । त्यस्तै बिहान ११ बजे समूह सी को विजेता मयुर इङ्लिस बोर्डिङ स्कुल विरुद्ध समूह डी को विजेता एलाइन्स बोर्डिङ स्कुल खेल्दैछ्न । त्यस्तै तेस्रो क्वाटर फाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ जसमा समूह जी को विजेता एरिस्टो बोर्डिङका विरुद्ध समूको एच को विजेता थ्रीस्टार बोर्डिङ स्कुल बिच हुनेछ भने अन्तिम क्वाटर फाइनलमा दिउँसो ३ बजे समूह ई को विजेता विद्या भुषण पब्लिक स्कुल गेटाका विरुद्ध समूह एफ को विजेता वेस्टन क्रिस्टक एकेडेमी धनगढी भिड्नेछन् ।
धनगढी नगर प्याब्सनको आयोजना र ccs+2 स्कुलको मुख्य प्रायोजनमा जारी उक्त अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा धनगढीका २४ विद्यालयका टिम सहभागी थिए । मंसिर १० गतेबाट शुरु भएको प्रतियोगिता मंसिर १८ गते एक भव्य समारोहका बिच सम्पन्न हुने धनगढी नगर प्याब्सनका कोषाध्यक्ष योगेन्द्र बहादुर सिंहले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार १ सय ५१ , उपविजेता टिमले नगद २५ हजार ५ सय २५ र विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले पनि नगद सहित ट्रफी प्राप्त गर्ने धनगढी नगर प्याब्सनका अध्यक्ष ध्रुव बहादुर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply