धनगढीको होटल पौवामा माघि मिलन कार्यक्रम,धनगढीबासीलाई निशुल्क माघि परिकार खुवाइयो

धनगढीको होटल पौवाले भव्यवताका साथ माघि मिलन कार्यक्रम सम्पन्न गरेको छ । माघिको अवसरमा धनगढीका प्रतिष्ठित व्यक्तीहरुलाई आमन्तरण गरेर पौवाले विभिन्न खानका परिकारहरु कोदोको सेल,सेल,तिलको लड्डु,तरुल लगायतका परिकार निशुल्क खुवाएको छ,उक्त माघि मिलन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझा,सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआजी ओम बहादुर राना,जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख,विभिन्न क्षेत्रका व्यवसायी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
होटल पौवाका जनरल म्यानेजर महेश सिंहले हाम्रो संस्कृति जगेर्ना गर्ने उद्येश्यले माघि मिलन कार्यक्रम आयोजना गरिएको बताए । उनले संस्कृति जगेर्ना सँगसँगै आपसी भेटघाटको माहोल सिर्जना होस र आत्मीयाता बढोस भनेर पनि कार्यक्रम आयोजना गरेको बताएका छन ।
थप केहि तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top