अघिल्लो महिना सम्पन्न धनगढी डान्स च्याम्पियनसीप सिजन ४ की विजेता परिधि दाहालले धनगढीका विभिन्न संघ संस्थामा सहयोग गरेकी छन । परिधिले आफूले जितेको पुरस्कार राशीको केहि हिस्सा सहयोग गरेकी हुन । शुक्रबार परिधीले आफ्ना बुवा मेखराज दाहाल र आमा राधा मिश्र दाहालसँग गएर धनगढीको कपडा बैंक, त्यसैगरी दृष्टि फाण्डेसन तथा मानवसेवा आश्रममा गएर सहयोग गरेकी हुन ।


परिधीले धनगढीको शिवपुरी परिसरभित्रै रहेको कपडा बैंकमा कपडा सहयोग गरेकी हुन । त्यस्तै धनगढी उपमहानगरपालिका वडा न.१३ मा रहेको दृष्टि फाण्डेसनमा गएर एकछाक भोजनका लागि आर्थिक सहयोग गरिन भने धनगढीमै रहेको मानवसेवा आश्रममा रहेका आमाबुवाहरुलाई पनि एक छाक भोजनका लागि आर्थिक सहयोग गरेकी हुन ।


सहयोगपछि बोल्दै परिधिले आमाबुवाले सानैदेखि सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुभएकाले आफूलाई समाजसेवामा रुची बढ्दै गैरहेको बताइन । उनी आफुनो जन्मदिन पनि विभिन्न संघसंस्थामा गएर सहयोग गरी जन्मदिन मनाउने गर्दछिन ।




द टुइन्स डान्स स्टुडियोले आयोजना गरेको धनगढी डान्स च्याम्पियनसीप अन्तरगत गत पौष २५ गते भएको ग्राण्ड फिनालीमा प्रतिस्पर्धि सबैलाई उछिन्दै परिधी दाहालले उपाधि जितेकी थिइन । विजेता बनेसँगै परिधिले नगद रु २,११,१११ तथा आकर्षक ट्रफी प्राप्त गरिन भने आकर्षक गितार पनि उपहार पाइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?