You are currently viewing निर्सग सातौं प्रदेश क्लबस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता :  फाप्ला स्पोटर्स क्लब विजयी

निर्सग सातौं प्रदेश क्लबस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता : फाप्ला स्पोटर्स क्लब विजयी

धनगढी । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा जारी निर्सग सातौं प्रदेश क्लबस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगिताको दोश्रो खेलमा फाप्ला स्पोटर्स क्लब विजयी भएको छ । मनकामना युवा क्लबको खेलमैदानमा आइतबार सम्पन्न खेलमा फाप्ला स्पोटर्स क्लबले फुलवारी ११ स्पोटर्स क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा सुखद सुवात गरेको छ ।

फाप्ला स्पाटर्स क्लबका लागि सुदिप सुनारले खेलको ५ मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १– ० को अग्रता बनाएको फाप्ला स्पाटर्स क्लबले दोश्रो हाफमा थप १ गोल गर्यौ । दोश्रो हाफको ६९औं मिनेटमा विकास थापाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

थापा खेलको म्यानअफ दी म्याच चुनिए । फुलबारी ११ ले खेलमा फर्किने भरपुर प्रयास गरेपनि गोल गर्न नसक्दा हार व्यहोरेको छ ।

मनकामना युवा क्लबको आयोजनामा सनिबारबाट सुरु भएको प्रतियोगिता माघ १० गते समापन हुनेछ । धनगढी–१२ वडा कार्यालयको व्यवस्थापन तथा निर्सग अस्पतालको मुख्य प्रायोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुष फुटबलतर्फ ७ टिम र भेट्रानतर्फ ४ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले रु १ लाख ३५ हजार र उपविजेताले रु ७० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, भेट्रानतर्फ विजेता टिमलाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने मनकामना युवा क्लब जुगेडाका अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply