You are currently viewing फारवेष्ट सेकेण्डरी स्कुलमा खेलकुद सप्ताह सुरु

फारवेष्ट सेकेण्डरी स्कुलमा खेलकुद सप्ताह सुरु

धनगढी ।कैलालीको धनगढीस्थित फारवेस्ट बोडिङ स्कुलमा खेलकुल सप्ताह सुरु भएको छ । विद्यालय परिषरमा एक कार्यक्रमकाबीच खेलकुद सप्ताहको उद्घाटन गरिएको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष नृप बहादुर वडको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि धनगढी प्याब्सनका अध्यक्ष धुर्ब बहादुर सिंह रहनुभएको थियो। यस्तै, कैलाली प्याब्सनका पूर्व उपाध्यक्ष तथा मयुर बोर्डिङ स्कुलका प्रिन्सिपल पदम सिंह साउद विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
विद्यालयका प्रधानाध्यापक जगन्नाथ जोराले स्वागत मन्तव्यमार्फत विद्यालयमा खेलकुद सप्ताहको विद्यार्थीहरुको अतिरिक्रम क्रियाकलापको पनि उजार गर्ने उद्देश्य रहेको बताएका थिए । उद्घाटनसत्रमा विद्यालयका  विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिनुका साथै सामाजिक सेवामूलक कार्यक्रमहरू पनि गरिने विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले यस कार्यक्रममार्फत विद्यार्थीहरूमा शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
सप्ताहव्यापी खेलकुद कार्यक्रममा.भलिबल, क्रिकेट, फुटबल, ब्यडमेन्टिन एथलेटिक्स लगायतका प्रतियोगिताहरु हुने छन् । वादविवाद  तथा वक्तित्वकला प्रतियोगिता पनि आयोजना हुने छन् । विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई विद्यालयको वार्षिक उत्सवको अवसरमा पुरस्कार वितरण गरिने विद्यालय प्रधानाध्यापक जोराले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply