धनगढी उपमहानगरपालिका वडा न. ३ मित्रनगर एकता टोलमा रहेको मयुर बोडिङ्ग स्कुलमा ३२औं खेल सप्ताह सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बीच प्रमुख अतिथि रहेका प्याब्सन धनगढी नगर समितिका अध्यक्ष ध्रुर्ब बहादुर सिंहले समुद्घाटन गरेका हुन । उद्द्धाटन सत्रमा विद्यार्थीहरुले मार्चपास गर्नुका साथै विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।

विद्यार्थीहरुमा रहेको अन्तरहित प्रतिभा बाहिर निकाल्न यस्ता खाले कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आफूहरुले अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको विद्यालयका संस्थापक प्रिन्सिपल पदम बहादुर साउँदले बताए ।

साउँदले खेल सप्ताहमा क्रिकेट,फुटबल,भलिबल,कबड्डी,दौड लगायतका खेलहरु समावेशसँगै वत्तित्वकला,निबन्ध,वादविवाद लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको साउँदले बताए ।

चन्द्रावति साउँदको अध्यक्षतामा सम्पन्न उद्द्धाटन सत्रमा शैलेश्वरी बो.स्कुलका संस्थापक प्रिन्सिपल जगन्नाथ जोरा,सिड्लिङ जोन स्कुलका सञ्चालक उदयप्रताप सिंह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका यशोदा पनेरुले गरेकी थिइन । माघ १७ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिने विद्यालय प्रशासनले जनाएको छ ।

२०५० सालमा स्थापना भएको मयुर बोडिङ्ग स्कुलमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाई हुने गर्दछ । विद्यालयमा हाल ६०३ जना विद्यार्थी अध्ययनरत छन भने ४२ जना कर्मचारी कार्यरत छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?