एभरेस्ट महिला भलिबल लिगको आजका खेल स्थगित

२६भाद्र,२०८२ः पोखरामा चलिरहेको एभरेस्ट महिला भलिबल लिगमा आजका लागि तय भएका खेल स्थगित भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ति निकालेर देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै आज हुने तय भएका खेल स्थगित गरिएको जानकारी दिएको हो ।


आजको पहिलो खेलमा कर्णाली यशविस र मधेश युनाइटेड तथा दोस्रो खेलमा ललितपुर क्वीन्स र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने तालिको थियो । भदौ २० गतेदेखि शुरू भएको दोस्रो संस्करणको एन्फा महिला भलिबल लिगमा ९ खेल सकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top