You are currently viewing ICC WORLD CUP DIVISION -2 / ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

ICC WORLD CUP DIVISION -2 / ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल र ओमनबीचको खेलमा ओमानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाले आज पहिले ब्याटिङको निम्तो पाएको छ । पहिलो खेलमा एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाललाई अब प्रतियोगितामा जित्नै पर्ने दबाब छ ।प्रशिक्षक मोन्टी देशाईले नेपाली टिममा केही परिवर्तन गरेका छन् । उनले अघिल्लो खेलमा नरहेका अनिल शाह, आरिफ शेख, अर्जुन साउँदलाई आज प्लेइङ ११ मा राखेका छन् । कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र आज टिममा छैनन् ।

ओमनविरुद्ध मैदान उत्रिएका खेलाडीहरुमा कप्तान रोहित पौडेलसँगै आरिफ शेख, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्। यो खेल अहिले पौने ९ बजे सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply