असोज २४,धनगढी
धनगढीको शैक्षिक क्षेत्रका लागि सुनिता सुरी नौलो नाम होइन,उनीसँग करिबन तीन दशक विद्यालय सञ्चालनको अनुभव छ । विद्यालय सञ्चालनकै क्रममा विश्वका दर्जन बढी देश घुम्ने अवसर सुरीले पाइन । धनगढीमा उत्कृष्ट संस्थापक विद्यालयको सूचि तयार पार्ने हो भने गुरुकुल एकेडेमीको नाम उत्कृष्ट ५ भित्रै पर्ने गर्दछ । सुविधा सम्पन्न भौतिक संरचना,तालिम प्राप्त शिक्षक शिक्षिकाको टिम,कुशल व्यवस्थापकले नेतृत्व गर्दा पछिल्लो समय हेर्ने हो भने गुरुकुल एकेडेमीले शैक्षिक क्षेत्रमा अलग्गै पहिचान बनाएको छ । हाल यो विद्यालय धनगढीका अधिकांश अभिभावकको रोजाइमा पर्दै आएको छ ।

तर विद्यालयलाई यो उचाइमा पु¥याउन भने सुरी दम्पतीले अत्यन्तै मिहिनेत गर्नु परेको विद्यालयकी प्रअ सुनीता सुरी बताउँछन । जीवन साथी दिपक सुरी विद्यालयको मेरुदण्ड भएको उनले बताइन । प्रअ भएर सबैको नजरमा म पर्नेगर्छु तर यसको बढीभन्दा बढी श्रेय सुरी सरलाई नै जान्छ किनकी मैले जे जे योजना बनाएर प्रबन्ध निर्देशक सुरी सरलाई सुनाउँछु त्यसपछिको सबै काम उत्कृष्ट तवरबाट उहाँले नै गर्नुहुन्छ आज त्यसै कारणले विद्यालय यहाँसम्म ल्याइपु¥याएका छौं । वि.स.२०५२ सालमा गुरुकुल एकेडेमी स्थापना गर्दै गर्दा केबल ६२ जना विद्यार्थी भर्ना भएको प्रअ सुनीता सुरी बताउँछन । सुरुवातमा अहिलेको नास्ट कलेज रहेको भवनबाट पठनपाठन सुरु गरेको गुरुकुल एकेडेमी ५ वर्ष भाडाकै भवनमा सञ्चालन भयो त्यसपछि २०५७ सालमा थोरै अगाडी उत्तरतिर आफ्नै भवन तयार पारेर पठनपाठन सुरु गरेको गुरुकुल एकेडेमी अहिले २४ वर्षयता सोहि स्थानबाट शिक्षण सिकाइ क्रियाकलाप अगाडी बढाइ रहेको छ ।

हाल विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म पढाइ हुने गरेको छ । विद्यालयमा अहिले एघार सय विद्यार्थी अध्ययनरत छन भने ६५ जनाभन्दा बढी कर्मचारी कार्यरत रहेका छन । विद्यालयको आफ्रनै सुविधा सम्पन्न भवनहरु छन । पुस्तकायल,विज्ञान प्रयोगशाला र अन्य अतिरिक्त क्रियाकलापका लागि स्थान कम परेको भन्दै अर्को सुविधा सम्पन्न भवन तयार भैरहेको छ । पूर्व प्राथमिक तहमा मण्टेश्वरी विधिबाट पढाइ गराइरहेको विद्यालयका कक्षाकोठा अत्यन्तै व्यवस्थित पारिएका छन,धनगढीको मौसमलाई मध्यनगर गर्दै कक्षाकोठा वातानुकुलित बनाइएका छन । प्रर्याप्त खेल मैदान रहेको विद्यालयमा विद्यार्थी आवतजावतका लागि बस र भ्यानको व्यवस्था छ । विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटनका लागि विद्यायलले अतिरिक्त क्रियाकलापमा जोड दिने गरेको विद्यालयका प्रबन्ध निर्देशक दिपक सुरी बताउँछन ।

विद्यालयमा सिकाई प्रभावकारी बनाउन शिक्षक सँगसँगै विद्यार्थीहरुलाई पनि प्रत्यक्ष सहभागी गराएको प्रअ सुरीले बताइन । हाल विद्यालयमा नृत्य,योगा लगायतका कक्षापनि सञ्चालनमा रहेका छन । उनका अनुसार विद्यार्थीको नेतृत्व क्षमता विकास होस भन्नका लागि गुरुकुल विद्यार्थी परिषद गठन गरिएको र सम्पूर्ण विद्यार्थीहरुमाझबाट हरेक वर्ष परिषद अध्यक्ष,उपाध्यक्ष लगायत अन्य पदाधिकारी चुनिन्छन । प्रभावकारी शिक्षणका लागि विदेशी तथा स्वेदेशी प्रशिक्षकबाट शिक्षकहरुलाई बेलाबेलामा विभिन्न तालिमहरु गुरुकुल एकेडेमीले दिदै आएको छ । अहिले विद्यालयमा अमेरीकी दुताबासबाट अनुभवी प्रशिक्षक नतासा अग्रवाल आएकी छन । उनले शिक्षकहरुलाई अमेरीकाका विद्यालयहरुमा कसरी पढाई हुन्छ ? शिक्षण विधि के के अपनाइन्छ,प्रभावकारी शिक्षण कसरी गर्ने,कक्षाकोठा कसरी आकर्षक बनाउने,पढाइलाई कसरी रुचिकर बनाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिइरहेकी छन । यो प्रशिक्षण करिबन डेढ महिनासम्म सञ्चालन हुने प्रअ सुरीले बताइन ।

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाएको र गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै सन २०१२ मा गुरुकुल एकेडेमी ब्रिटिस काउन्सिद्वारा अवार्ड समेत प्राप्त गर्न सफल भयो । त्यसैगरी शैक्षिक सत्र २०८० को एस.इ.इ.परीक्षामा मा शत प्रतिशत नतिजा ल्याएको भन्दै गुरुकुल एकेडेमीलाई धनगढी उपमहानगरपालिकाले एक कार्यक्रका बीच सम्मान समेत गरेको छ । गुरुकुलसँगै धनगढीका थप चार विद्यालयलाई सम्मान गरिएको थियो । वि.स.२०३४ सालमा बुवा टिकेन्द्र बहादुर स्वाँर र आमा स्वर्गीय देवी स्वाँरको कोखबाट जन्म लिएकी सुनिता छ दिदीबहिनी र दुई दाजुभाई गरी आठ जना मध्येमा चौथो नम्बरकी सन्तान हुन । सुनिताको प्रारम्भिक शिक्षादिक्षा धनगढी कै पञ्चोदय माविबाट भयो र त्यतैबाट एस.एल.सी.पनि पास गरिन ।

कक्षा ११ मा कैलाली बहुमुखी क्याम्पसमा भर्ना भएर आफ्नो पठनपाठन अगाडी बढिरहेको थियो त्यहि क्रममा वि.स.२०५१ साल वैशाखमा १७ वर्षकै कलिलो उमेरमा सुनिता दिपक सुरीसँग बैवाहिक बन्धनमा बाँधिइन त्यसपछि जिवनको नयाँ अध्याय शुरु गरेकी सुनिता कक्षा १२ को पढाइ सकाएर मण्टेश्वरीको ज्ञान लिन भारतको व्यवसायिक राजधानी मुम्बई पुगिन । मुम्बईमा मण्टेश्वरीको राम्रो ज्ञान लिइसकेपछि आफ्नै देशमा एउटा सुविधा सम्पन्न मण्टेश्वरी बेसको विद्यालय स्थापना गर्ने र यहाँकोे शैक्षिक क्षेत्रमा योगदान दिने योजना सुरी दम्पतीले बनाएपछि २०५२ साल माघमा नेपाल फर्कियो सुरी दम्पती र धनगढीमा सुभारम्भ भयो गुरुकुल एकेडेमी ।

आजभन्दा २९ वर्षअघि स्थापना भएको गुरुकुल एकेडेमीलाई यो स्थानसम्म ल्याइ पु¥याउन सुरी दम्पतीले असाध्यै संर्षस गर्नुप¥यो । विद्यालय सञ्चालनका क्रममा सुरुवातका दिनहरुको संर्घष हेर्ने हो भने त्यसको हिसाब नै गर्न नसकिने सुनिता बताउँछन । एकातिर पढाइलाई निरन्तरता दिनुपर्ने,अर्कोतिर विद्यालयको जिम्मेवारी सजिलो थिएन तर सुनिताले हिम्मत हारिनन किनकी पछाडिबाट बलियो खम्बाको रुपमा श्रीमान दिपक सुरीले दरो साथ दिइरहेका थिए । एकातिर विद्यालयको प्रअको जिम्मेवारी सम्हालिन अर्कोतिर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकको पढाइलाइ निरन्तरता दिइन सुनिताले । उमेरसँगै जिम्मेवारी बढ्दै गर्दा सुनिताले आफूलाई अब्बल प्रमाणित गर्नुथियो र अंगे्रजी साहित्यमा मास्र्टस गरिन र लगत्तै दुई वर्षपछि काठमाण्डौं विश्वविद्यालयबाट शैक्षिक योजना र व्यवस्थापन विषयमा पुनः मास्र्टस गरिन । उनलाई सिक्ने भोकले अझै छोडेको छैन,अंगे्रजी भाषा शिक्षा विषयमा उनले काठमाण्डौं विश्वविद्यालयबाटै एम.फिल.पनि सिद्याएको बताइन ।

उसो त सुनिता विद्यालयलाई बढीभन्दा बढी समय दिन्छिन रपनि विद्यालयबाट बचेको समयमा उनी आफूलाई निर्खान विश्वका विभिन्न देशमा भ्रमण गरेर त्यहाँको शैक्षिक प्रणाली बुझ्छन र सिक्छन । शैक्षिक अनुभवका लागि हालसम्म अमेरीका,बेलायत,रसिया,साउथ कोरीया,चीन,श्रीलंका,भारत,उज्किस्तान,काज्किस्तान लगागत दर्जनांैं देशको भ्रमण गरिसकेको सुनिता बताउँछन । यो बिचमा सन २०१४ मा उनले आ.भी.एल.पी.प्रोग्राम मार्फत अमेरीकामा करिबन डेढ महिना भ्रमण गर्ने सुनौलो मौका पाइन । त्यहाँ अमेरीकाको ७ वटा राज्यमा भ्रमण गर्दा त्यहाँको शिक्षामन्त्री लगागत उच्च पदस्थ व्यक्तिहरुसँग भेट भएको र त्यहाँको शिक्षा प्रणाली,विद्यालयको वातावरण,कक्षाकोठा व्यवस्थापन लगायत प्रभावकारी शिक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा राम्रोसँग बुझ्ने मौका पाएको उनले बताइन ।

यता सुनिताले अंग्रेजी भाषा शिक्षकहरुको समूह नेल्टा कैलालीको पदाधिकारी भएर पनि लामो समय काम गरिन । नेल्टा कैलाली अहिले पनि सकृय संस्थाको रुपमा रहेको छ । दुई सन्तानकी आमा सुनिताका छोरा सुदिप सुरीले काठमाण्डौं विश्वविद्यालयबाट मास्र्टस गरिसकेका छन भने छोरी रिचाले कक्षा १२ को पढाई नास्ट कलेजबाट भर्खरै पूरा गरेकी छन । अध्ययनमै व्यस्त सुनिता अझपनि आफूले गर्नुपर्ने काम र जान्नुपर्ने कुरा धेरै रहेको बताउँछन । अहिले उनी देश तथा विदेशमा प्रशिक्षकको रुपमा समेत जाने गरेकी छन । शैक्षिक क्षेत्रमा ३० वर्षिय अनुभव संगालेको सुरी दम्पतीलाई सुदूरपश्चिमको संस्थागत विद्यालय सञ्चालनमा उदाहरणीय जोडीको रुपमा लिने गरिएको छ ।
प्रस्तुती : डिल्लीराज ओझा (ओझा सपर्मण मिडियाका सम्पादक हुन )



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?