You are currently viewing धनगढीको कैलाली विद्या निकेतनमा अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढीको कैलाली विद्या निकेतनमा अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी ८ शिक्षा नगरमा रहेको कैलाली विद्या निकेतन माध्यमिक विद्यालयले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका प्रिन्सिपल तथा संस्थापक टोपेन्द्र शाहले आफ्ना नानीबाबुलाई कसरी प्रभावकारी रूपमा पढाउने भन्ने विषयमा अभिभावकहरू सचेत रहन आवश्यक रहेको बताए। उनले बालबालिकाको समग्र विकासका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। विद्यालय भन्दा बढी समय विद्यार्थी अभिभावकसँगै रहने भएकाले विशेष ख्याल गर्नुपर्ने बताएका छन ।

कार्यक्रमको प्रस्तुति मोटिभेशनल ट्रेनर ईश्वर श्रेष्ठले गरेका थिए। श्रेष्ठले परिवारलाई सही मार्गमा अगाडि बढाउन अभिभावकको सोच र व्यवहार सकारात्मक हुनुपर्नेमा जोड दिए। साथै, प्रत्येक व्यक्तिमा आ–आफ्नो विशेषता हुने भएकाले बालबालिकालाई माया, प्रेम र उचित संगत दिनु आवश्यक रहेको बताए।


श्रेष्ठका अनुसार मानव जीवनका ऊर्जा स्रोतहरू—श्वास, खाना, निन्द्रा, घाम, ध्यान लगायतका पक्षहरू सन्तुलित हुन जरुरी छ। बालबालिकामा संस्कार, सीप र ज्ञान विकासका लागि राम्रो वातावरण आवश्यक रहेको भन्दै “बच्चालाई बदल्नुभन्दा पहिले आफू बदलिनु जरुरी हुन्छ” भन्ने सन्देश पनि दिए।


कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरू अभिभावकहरुले विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षामा जोड दिइरहँदा आफूहरुलाई खुसी लाग्ने गरेको बताए । कार्यक्रमका बीचमा विभिन्न अभिभावकहरूले आफ्ना विचार तथा अनुभव समेत साझा गर्दै यो अभिमुखीकरण तालिमबाट आफूहरुलाई धेरै कुराको ज्ञान भएको बताएका छन ।

२०५६ सालमा स्थापना भएको कैलाली विद्या निकेतन कैलाली जिल्लाभरमै लोकप्रिय विद्यालयको रुपमा परिचित छ । विद्यालयले गत फाल्गुन १७ गते रजत जयन्ती कार्यक्रम भव्यताका साथ सम्पन्न गरिसकेको छ ।

आफुनै सुविधा सम्पन्न भौतिक संरचनाबाटै अध्यापन गराउँदै आएको कैलाली विद्या निकेतनको निर्देशकको रुपमा रेखा सिंह शाह रहेकी छन भने संस्थापक प्रिन्सिपलको रुपमा टोपेन्द्र वीर शाह रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply