You are currently viewing ईन्धन लगायतका निर्माणजन्य समाग्रिहरुमा चर्को मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायी संघ कैलालीले निकाल्यो प्रेस विज्ञप्ती

ईन्धन लगायतका निर्माणजन्य समाग्रिहरुमा चर्को मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायी संघ कैलालीले निकाल्यो प्रेस विज्ञप्ती

हालै नेपाल सरकारद्वारा इन्धनको मूल्य वृद्धि गरिएको भन्दै निर्माण व्यवसायी संघ कैलालीले सरकारको ध्यानाकर्षण गराएको छ ।  महासचिव विक्रम बिस्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ” यस निर्णयले निर्माण क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । निर्माण व्यवसाय प्रत्यक्ष रूपमा इन्धनमा निर्भर हुने क्षेत्र भएकाले मूल्य वृद्धिले निर्माण लागत अत्यधिक बढाएको छ । ”

यसका कारण चालु आयोजनाहरू प्रभावित हुनुका साथै नयाँ योजनाहरू कार्यान्वयन गर्न समेत कठिनाइ उत्पन्न भएको छ । साथै, यसले विकास निर्माणको गति सुस्त पार्ने र समग्र आर्थिक गतिविधिमा असर र्पुयाउने देखिन्छ । यस परिस्थितिमा, हामी नेपाल सरकारसमक्ष निम्न मागहरू प्रस्तुत गर्दछौं,

१ ) इन्धनको मूल्य वृद्धिको निर्णय पुनर्विचार गरी यथाशीघ्र समायोजन गरियोस्।, निर्माण क्षेत्रलाई लक्षित गरी विशेष राहत तथा सहुलियत प्याकेज उपलब्ध गराइयोस् ।
२ ) दीर्घकालीन रूपमा इन्धन मूल्य स्थिरीकरणका लागि प्रभावकारी नीति अवलम्बन गरियोस्।,

यदि हाम्रो मागप्रति सम्बन्धित निकायबाट यथोचित पहल नभएमा, निर्माण व्यवसायीहरू चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछन्।, अन्त्यमा, देशको समग्र विकास र आर्थिक स्थायित्वका लागि सरकारसँग सहकार्य गर्न हामी सदैव तयार रहेको जानकारी गराउँदै, यस गम्भीर विषयमा तुरुन्त ध्यान दिन आग्रह गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply