सुदूरपश्चिम प्रदेशकै अग्रेणी शैक्षिक संस्था ऐश्वर्य विद्या निकेतनले आधारभुत तहको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार ऐश्वर्यका ३ विद्यार्थीले ४ जिपिए प्राप्त गरेका हुन । ४ जिपिए ल्याउने विद्यार्थीहरुमा ललिता बम,मुकुन्द जोशी र निविता चौधरी रहेकी छन ।
त्यस्तै ३.६१ देखि ४.० जिपिएसम्म १३० जना,३.२० देखि ३ं.६० जिपिएसम्म १०७ जना र २.८० देखि ३.२० जिपिएसम्म २१ जना उत्तिर्ण भएको विद्यालयका प्राचार्य संजय कुमार पन्तले जानकारी गराएका छन । सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित ऐश्वर्य विद्या निकेतन धनगढीको मुख्य क्षेत्रमा अवस्थित रहेको र वर्षेनी उत्कृष्ट नतिजा दिदै आएका कारण यस क्षेत्रका हजारौं अभिभावकहरुको रोजाई बन्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?