You are currently viewing आधारभुत तहको वार्षिक परीक्षामा स्वर्णिम शिक्षा सदनको शतप्रतिशत नतिजा

आधारभुत तहको वार्षिक परीक्षामा स्वर्णिम शिक्षा सदनको शतप्रतिशत नतिजा

धनगढी ३ चटकपुरमा रहेको स्वर्णिम शिक्षा सदन विद्यालयले आधारभुत तहको वार्षिक परीक्षामा शतप्रतिशत नतिजा हाँसिल गरेको छ ।

उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार स्वर्णिम शिक्षा सदनबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी २९ जना विद्यार्थी मध्ये २९ जना नै उत्तिर्ण हुन सफल भएको विद्यालय प्रशासनले जनाएको छ । उत्तिर्ण भएका २९ विद्यार्थी मध्ये ७ जनाले ए प्लस,१६ जनाले ए र ६ जनाले बी प्लस ल्याएका हुन ।

गतवर्षदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको स्वर्णिम शिक्षा सदनले धनगढीमा आफ्नो अलग्गै पहिचान बनाउँदै गैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply