You are currently viewing पिएम कपमा लिगचरण सकियो,शुक्रबार आर्मी र सुदूरपश्चिम उपाधिका लागि भिड्ने

पिएम कपमा लिगचरण सकियो,शुक्रबार आर्मी र सुदूरपश्चिम उपाधिका लागि भिड्ने

पीएम कप क्रिकेटको लिग चरणका सबै खेलहरू सकिएका छन् । बुधबार दुई खेलहरू भएसँगै लिग चरणका सबै खेल सकिएका छन् ।त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच फाइनल खेल हुने पक्का भइसक्दा शीर्ष ६ टोलीको टुंगो भने आज अन्तिम दिन मात्र लागेको हो । शीर्ष ६ टोलीले आगामी संस्करणको जय ट्रफी खेल्ने छन् ।

यसअघि शीर्ष ४ टोलीले जय ट्रफी खेल्ने प्रावधान भएपनि नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफीको दायरा बढाउँदै ६ टोली खेल्ने प्रावधान राखेको थियो ।

शीर्ष ६ मा पीएम कप र जय ट्रफीको साविक विजेता नेपाल पुलिस क्लबसँगै अर्का विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसँगै सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश परेका छन् ।

विभागी टोली त्रिभुवन आर्मी क्लब लिग चरणमा अपराजित रहँदै शीर्षस्थानमा छ भने ९ खेलमा १२ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहन पुग्यो। यी दुई टोली शुुक्रबार उपाधिका लागि खेल्नेछन् । २०१७ बाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगीतामा अहिलेसम्म विभागिय टोली बीच नै फाइनल पुग्ने गरेको भएपनि यसपटक भने प्रदेशको टोलस् सुदूरपश्चिमले फाइनलमा पुग्दै इतिहास रचेको छ ।

सुदूरपश्चिम प्रदेशको कप्तानी शेर मल्लले सम्हालेका छन । मल्लसँगै राजु रिजाल,नारायण जोशी,हेमन्त धामी,करण कुमार ठगुन्ना जस्ता अुनुभवी खेलाडी टोलीमा समावेश छन भने अशोक धामी,अभिषेक पाल र सौर्य श्रेष्ठ लगायतका युवा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply