अफ्रिकी राष्ट्र रुवान्डामा हुने आईसीसी वुमन्स च्यालेन्ज ट्रफी २०२६ मा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार रुवान्डा प्रस्थान गरेको छ ।प्रतियोगिता यही अप्रिल १८ देखि मे १ सम्म किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा हुनेछ । जसमा आयोजक रुवान्डासँगे नेपाल, अमेरिका, इटाली र भानुआतुले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली महिला टोलीले पहिलो पटक रुवान्डा गएर खेल्न लागेको हो । च्यालेन्ज ट्रफीको खेलहरू डबल राउण्ड रोबिनका आधारमा खेलाइनेछ र धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक वुमन्स च्यालेन्ज ट्रफी आयोजना गर्दैछ । एसोसिएट राष्ट्रहरूलाई उच्च स्तरको क्रिकेट खेल्नका लागि यो आयोजना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?