राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भुपदेव शाह मनोनीत भएका छन्। सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्रीमा मनोनीत गरेको हो।

प्रवक्ता मनिष झाका अनुसार बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरिएको थियो। त्यस्तै सचिवालयमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनीत भएका छन्। उनीहरू प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट पदाधिकारी र सचिवालयमा मनोनीत भएका हुन्।

२०५२ सालमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा जन्मिएका शाहले काठमाण्डौंको एलायन्स एकेडेमीबाट एसएलसी उत्तिर्ण गरेका हुन भने त्रिचन्द कलेजबाट उच्च शिक्षा हाँसिल गरेका हुन । २०७१ सालमा विवेकशील पार्टीको सदस्यता लिदै औपचारिक रुपमा राजनितिक यात्रा सुरु गरेका शाहले वैकल्पिक राजनितीका प्रारम्भकर्ता उज्वल थापाको स्वकीय भएर काम गरेको अनुभव पनि छ । 
गत फाल्गुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गृहजिल्ला अछाम क्षेत्र न. २ बाट चुनाव लडेका शाहले निर्वाचन जित्न भने सकेनन । प्रधानमन्त्री बालेन शाहका निकै विश्वाशिला पात्र मानिएका उनले रबि लामिछाने र बालेन शाह एकिकरणमा महत्पूर्ण भूमिका खेलेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?