You are currently viewing रास्वपा नेता शैलेशकुमार सिंहमाथि आक्रमण,के भएको हो ?

रास्वपा नेता शैलेशकुमार सिंहमाथि आक्रमण,के भएको हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेशकुमार सिंहले सुदूरपश्चिम प्रदेश महाधिवेशनबाट घर फर्किने क्रममा आफूमाथि आक्रमण भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत मंगलबार राति सिंहले ७-८ जनाको समूहले योजनाबद्ध रूपमा आफूलाई सांघातिक आक्रमण गरेको तथा साथमा रहेका सामानसमेत लुटेर लगेको बताएका हुन्।

उनले अगाडी लेखेका छन : 

आज अधिवेशनबाट घर फर्किने क्रममा ७–८ जनाको समूहले ममाथि योजनाबद्ध रूपमा सांघातिक आक्रमण गरेको छ। आक्रमणकारीहरूले मसँग रहेको सामानसमेत लुटेर लगेका छन्। लोकतान्त्रिक अभ्यास र राजनीतिक सहभागितामाथि भएको यस्तो हिंसात्मक तथा आपराधिक घटनाको घोर निन्दा गर्दछु।

धनगढीमा जारी रास्वपाको सुदूरपश्चिम प्रदेश महाधिवेशनकै क्रममा भएको भनिएको उक्त घटनाबारे प्रहरीले भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। घटनाको वास्तविकता, कारण र संलग्न व्यक्तिबारे थप विवरण आउन बाँकी रहेको छ।शैक्षिक क्षेत्रमा लामो समयदेखि कसृय रहेका सिंह गत फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बझाङ्गबाट निर्वाचन लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply