You are currently viewing रास्वपा नेता सिंहमाथि गएराती धनगढीमा कुटपिट गरेको आरोपमा एक जना पक्राउ

रास्वपा नेता सिंहमाथि गएराती धनगढीमा कुटपिट गरेको आरोपमा एक जना पक्राउ

धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–२ निवासी २८ वर्षीय गोविन्द धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार राति करिब साढे एक बजेतिर धनगढी उपमहानगरपालिका–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेस नजिक सामान्य विवादका क्रममा सिंहमाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न सोही ठाउँका २७ वर्षीय भरत बोहरा लगायत भनृे फरार छन् ।

उनीहरुको खोजी भइरहेको छ । कुटपिटबाट सिंहको बायाँ आँखाको भौँमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनको नवजीवन अस्पताल धनगढीमा उपचारपछि डिस्चार्ज गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेता शैलेशकुमार सिंहले सुदूरपश्चिम प्रदेश महाधिवेशनबाट घर फर्किने क्रममा आफूमाथि आक्रमण भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत मंगलबार राति सिंहले ७-८ जनाको समूहले योजनाबद्ध रूपमा आफूलाई सांघातिक आक्रमण गरेको तथा साथमा रहेका सामानसमेत लुटेर लगेको बताएका हुन्।

उनले अगाडी लेखेका छन : 

आज अधिवेशनबाट घर फर्किने क्रममा ७–८ जनाको समूहले ममाथि योजनाबद्ध रूपमा सांघातिक आक्रमण गरेको छ। आक्रमणकारीहरूले मसँग रहेको सामानसमेत लुटेर लगेका छन्। लोकतान्त्रिक अभ्यास र राजनीतिक सहभागितामाथि भएको यस्तो हिंसात्मक तथा आपराधिक घटनाको घोर निन्दा गर्दछु।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply