You are currently viewing धनगढीस्थित केयरटेकर अस्पतालमा ब्रङ्कोस्कोपी सेवा सुरु

धनगढीस्थित केयरटेकर अस्पतालमा ब्रङ्कोस्कोपी सेवा सुरु

असार ४,धनगढी धनगढीस्थित केयरटेकर अस्पताल प्रा.लि.मा पल्मोनोलोजिस्ट डा.नारायण जोशी र उनको टोलीले ब्रङ्कोस्कोपी सेवा सुरु गरेको छ। यस सेवासँगै श्वासप्रश्वाससम्बन्धी रोगहरूको उच्चस्तरीय परीक्षण तथा उपचार अब स्थानीय रूपमा उपलब्ध हुने भएको छ ।

फोक्सो तथा श्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरूको निदानका लागि प्रयोग हुने यो आधुनिक प्रविधिबाट श्वासनली र फोक्सोभित्र प्रत्यक्ष अवलोकन गर्न, आवश्यक नमुना (बायोप्सी) संकलन गर्न तथा जटिल रोगहरूको पहिचान गर्न सकिन्छ।

यस सेवाको सुरुवातसँगै अब यस क्षेत्रका बिरामीहरूलाई काठमाडौं वा भारतका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता घट्ने र समय, खर्च तथा अन्य असुविधा कम हुने अस्पताल प्रशासनले जनाएको छ।

दिर्घकालीन खोकी लाग्ने, रगत मिसिएको खोकी आउने, श्वासप्रश्वासमा समस्या हुने, क्षयरोग (टीबी)तथा फोक्सोको क्यान्सर जस्ता रोगहरूको पहिचान र मूल्याङ्कनमा यो सेवा उपयोगी हुने चिकित्सकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply