असार २३,धनगढी नेपाल प्रिमियर लिग ( एनपीएल ) को अक्सन सोमबार धुमधामका साथ सम्पन्न भएको छ । अक्सनमा १५५ खेलाडीलाई प्रस्तुत गरिएको थियो ।

जसमा क्याटोगरी ए मा ५ जना, समुह बी मा २७ र समुह सी मा १२३ खेलाडी रहेका थिए । आठ फ्रेन्चाइजीले १५५ खेलाडीबाट ५२ खेलाडी माथि बोली लगाएका हुन् ।जसमा क्याटोगरी ए मा ५ जना, समुह बी मा २७ र समुह सी मा १२३ खेलाडी रहेका थिए ।आठ फ्रेन्चाइजीले १५५ खेलाडीबाट ५२ खेलाडी किनेका हुन् ।
टिमहरुले रिटेन गरेका र अक्सनबाट १४-१४ खेलाडीको टिम बनाएका छन् भने अब विदेशी खेलाडी भित्र्याउनेतर्फ सबै फ्रेन्चाइजीको ध्यान केन्द्रीत हुनेछ ।
अक्सनपछि यस्तो छ आठ फ्रेन्चाइजीको खेलाडीको सूची:
चितवन राइनोज : मार्की खेलाडी कुशल मल्ल, दीपक बोहोरा, देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, रन्जीत कुमार र अर्जुन साउद रिटेन भएका छन् । अक्सनबाट आशिक धामी, विपिन रावल, मौसम ढकाल, गौतम केसी, विवेक कुमार यादव र सलाउद्दीन खान ।

लुम्बिनी लायन्स : रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी, दिलिप नाथ, अभिषेक गौतम र तिलक भण्डारीलाई रिटेन गरेको छ । अक्सनबाट अरनिको यादव, दुर्गेस गुप्ता, आकाश त्रिपाठी, आसिफ सेख, किशोर महत्तो, अजय चौहान

सुदूरपश्चिम रोयल्स : दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, हेमन्त धामी, हिक्मत महरा रिटेन गरेको छ । अक्सनबाट सचिन भट्ट, आयुब चन्द, अनिल खरेल, दिपक बोहोरा, मिलन बोहोरा र टेक रावत ।

विराटनगर किंग्स : मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबास भण्डारीलाई रिटेन गरेको छ । अक्सनबाट सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान सेख ।

काठमाडौँ गोर्खाज : करण केसीसहित भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ । अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइराला ।

जनकपुर बोल्ट्स : यस सिजनका लागि ललित राजवंशी (मार्की खेलाडी), अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । अक्सनबाट सन्तोष कार्की, रित गौतम, आशुतोष पाण्डे, विशाल सुस्लिंग राई, अभिषेक तिवारी, बिशाल पटेल, तृतराज दास, अमर सिंह राउतेला ।

कर्णाली याक्स : मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको छ । अक्सनबाट सुर्य तामाङ, विपिन प्रसाद शर्मा, सुभ कन्साकर, सचिन शर्मा, दिपेन्द्र रावत, दिवान पुन ।

पोखरा एभेन्जर्स : कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको छ । अक्सनबाट सन्नी विक, विवेक राना मगर, सुदिप अर्याल, अर्जुन घर्ति, प्रतिक पोखरेल, विपिन आचार्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?