३२ असार २०८३ / डिल्लीराज ओझा: नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय प्रर्दशन गर्न नसक्दा पटकपटक ठूला प्रतियोगीता खेल्ने अवसरबाट बञ्चित हुनुपरेको छ । प्रशंशकहरुले बेलाबेला महिला क्रिकेटरको आलोचना पनि गरिरहेका हुन्छन । तर पछिल्लो एक हप्तादेखि मलेसियमा जारी एसिसि यु१९ महिला प्रिमियर कपमा भने नेपाली टोलीले शानदार प्रर्दशन गर्दै वाहिवाही कमाइरहेको छ । टोली लिग चरणका तीन तथा क्वारफाइनलमा जापानललाई पराजित गर्दै सेमिफाइन प्रवेश गरिसकेको छ । अब नेपालले सेमिफाइनलमा युएईको सामना गर्नेछ । त्यो भन्दा ठूलो उपलब्धि नेपाल यु१९ एसिया कपका लागि समेत छनोट भैससकेको छ ।
अघिल्लो वर्ष यु१९ विश्वकपमा सहभागी भैसकेकी र पछिल्लो समय राष्ट्रिय टोलीको सदस्य समेत बनिसकेकी यु१९ टोलीकी ओपनर ब्याटर साबित्री धामीले मलेसियामा धुवाँदार प्रर्दशन गरिरहेकी छन । पछिल्लो चार खेलमा साबित्रीले म्याच विनिङ्ग पारी खेलेकी छन । लिग चरणको पहिलो खेलमा कतार विरुद्ध ५२ रन हिर्काएकी उनले दोश्रो खेलमा सिंगापुर विरुद्ध अविजित ७८ रन बनाइन भने तेश्रो खेलमा हङकङ विरुद्ध पनि ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै लगातार तीन खेलमा तीन अर्धशतक प्रहार गरिन । यो रेकर्ड नै बनेको छ । आजसम्म उमेर समूह तथा सिनियर टोलीबाट कुनै खेलाडीले पनि लगातार तीन अर्धशतक प्रहार गरेकी छैनन । साबित्रीले क्वारफाइनलमा पनि जापान विरुद्ध ३२ बलमा अविजित ४२ रनको पारी लेखिन ।

उनी आफ्नो व्यक्तिगत रेकर्ड मात्र बनाइरहेकी छैनन टोलीलाई पनि सँगसँगै लगिरहेकी छन । यो लोभलाग्दो प्रर्दशनले साबित्रीलाई राष्ट्रिय टोलीमा आफ्नो सिट सुनिश्चित गर्न थप मद्दत पुग्नेछ भने राष्ट्रिय टोलीका लागि समेत फाइदा पुग्नेछ । सुदूरपश्चिम प्रदेशको कञ्नपुरबाट प्रतिनिधित्व गर्ने साबित्री धामी मध्यम स्तरको परिवारमा हुर्किदै क्रिकेटको यात्रा प्रारम्भ गरेकी हुन । उनी लामो समयदेखि सुदूररपश्चिम प्रदेशबाट घरेलु प्रतियोगीता खेल्दै आएकी छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?