You are currently viewing काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

४ साउन,२०८३ : काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार पाकिस्तानको इस्लामावाद प्रस्थान गर्ने भएको छ ।

यहि जुलाई २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गर्ने भएका छन । टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्दले समावेश छन ।

टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट, सहायक प्रशिक्षकमा रुपेशकुमार विष्ट र व्यवस्थापकमा सोमबहादुर श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ लगायतले आइतबार एक कार्यक्रमबीच बिदाई गरेका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले स्वर्ण जितेमा खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply