You are currently viewing नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिन नेपाल तयार, विश्वकप लिग–२ मा महत्वपूर्ण परीक्षा

नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिन नेपाल तयार, विश्वकप लिग–२ मा महत्वपूर्ण परीक्षा

५ साउन २०८३,धनगढी/उट्रेक्ट (नेदरल्यान्ड्स) : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली नेदरल्यान्ड्ससँग महत्वपूर्ण एकदिवसीय खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको उट्रेक्टमा सुरु हुनेछ। यो प्रतियोगिता नेपालका लागि २०२७ क्रिकेट विश्वकप छनोट यात्राको दृष्टिले निकै महत्वपूर्ण मानिएको छ।

Photo : CAN

खेलअघि नेपाली टोलीले मैदानमा अन्तिम अभ्यास पूरा गर्दै ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा विशेष तयारी गरेको छ। प्रशिक्षक टोलीले नेदरल्यान्ड्सको घरेलु मैदान, मौसम र पिचको अवस्थाअनुसार रणनीति तयार पारेको बताइएको छ। खेलाडीहरू पनि उच्च मनोबलका साथ मैदान उत्रिने तयारीमा छन्।

Photo : CAN

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजनसहित उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिलाउने, मध्यक्रमले इनिङ्स सम्हाल्ने तथा बलिङतर्फ सन्दीप लामिछाने, सोमपाल कामी लगायतका बलरबाट प्रभावशाली प्रदर्शनको अपेक्षा गरिएको छ।

Photo : CAN

घरेलु समर्थकको साथ पाउने नेदरल्यान्ड्स पनि बलियो टोलीका रूपमा मैदान उत्रिने भएकाले आजको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। दुवै टोलीका लागि अंक तालिकामा महत्वपूर्ण दुई अंक जोड्ने अवसर भएकाले खेलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

Photo : CAN

विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच त्रिकोणात्मक सिरिज सञ्चालन भइरहेको छ। यस सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग दुई तथा नामिबियासँग दुई खेल खेल्ने तालिका रहेको छ।

Photo : CAN

अब सबैको नजर आजको खेलमा रहनेछ। नेपाली समर्थकहरू सामाजिक सञ्जालमार्फत टोलीलाई शुभकामना दिइरहेका छन् भने उत्कृष्ट सुरुवातसँगै जित निकाल्दै विश्वकप यात्रालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। २८ खेलमा १४ जीत निकालेको नेदरल्याण्डस् ३२ अंकका साथ अंकतालिकाको तेश्रो स्थानमा रहेको छ भने २८ खेल नै खेलेको नेपाल ११ जीतका साथ २४ अंक जोडेर अंक तालिकोको पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply