You are currently viewing APEN सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मोहनराज ओझा सर्वसम्मत

APEN सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मोहनराज ओझा सर्वसम्मत

धनगढी, कैलाली । एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल (APEN) को सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला कमिटी गठन गरिएको छ। प्रारम्भिक तथा पूर्वप्राथमिक शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत विद्यालयको सशक्तीकरण, शिक्षकको क्षमता विकास तथा बालमैत्री शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित विशेष भेलाबाट प्रदेश तथा जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो।

धनगढीस्थित एक स्थानीय क्याफेमा सम्पन्न विशेष भेलामा सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्लाका संस्थागत विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलामा APEN को संगठन विस्तार, सदस्यता वृद्धि, शिक्षक क्षमता विकास, शैक्षिक गुणस्तर सुधार तथा संस्थागत विद्यालयका साझा समस्याका विषयमा विस्तृत छलफल गरिएको थियो। भेलाबाट APEN सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मोहनराज ओझा, उपाध्यक्षमा निर्मल बहादुर सिंह, सचिवमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा भोवी बहादुर कटुवाल तथा सह–सचिवमा भक्तराज ओझा चयन भएका छन्। त्यसैगरी, सुदूरपश्चिम प्रदेश सल्लाहकार समितिको संयोजकमा निरप बहादुर कुँवर तथा सदस्यमा ज्ञानु जोशी चयन भएका छन्।

 

यस्तै, APEN कैलाली जिल्ला कमिटीको अध्यक्षमा शंकर बहादुर मल्ल, उपाध्यक्षमा अच्युत दाहाल र सृष्टि हुमागाईं मल्ल, सचिवमा सरिता शाह तथा कोषाध्यक्षमा सुनिता पडाल चयन भएका छन्। त्यस्तै, कैलाली जिल्ला सल्लाहकार समितिको संयोजकमा सुजित शर्मा तथा सदस्यमा ओमजंग सिंह चयन भएका छन्। कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खादा ओढाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सहभागीहरूले संस्थागत विद्यालयहरूबीच आपसी सहकार्य र समन्वयलाई थप सुदृढ गर्दै गुणस्तरीय प्रारम्भिक शिक्षा, शिक्षकको व्यावसायिक विकास तथा बालमैत्री शिक्षाको प्रवर्द्धनमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। APEN सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला कमिटी गठनसँगै प्रदेशमा प्रारम्भिक तथा पूर्वप्राथमिक शिक्षाको गुणस्तर सुधार, संस्थागत विद्यालयहरूको साझा हित संरक्षण तथा शैक्षिक क्षेत्रको विकासका लागि थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply