साफ च्याम्पियनसिप २०२६ को शनिबार ड्र सार्वजनिक भएको छ । त्यसमा नेपाल समावेश छैन । नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ । तर प्रतियोगिता सुरु हुन अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ ।

भुटानको थिम्पुमा आयोजित कार्यक्रममा निकालिएको ड्र अनुसार समूह ए मा आयोजक बंगलादेश, श्रीलंका र भुटान छन् । प्रतियोगिता सुरु हुन अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल यही समूहमा हुनेछ । समूह बी मा भने भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
प्रतियोगिता नोभेम्बर ४ देखि १७ बंगलादेशको ढाकामा हुँदैछ । प्रतियोगितामा सुरुमा लिग चरणका खेल हुनेछन् र प्रत्येक समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?