धनगढी ४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई दुनाटपरी बनाउन र डोरी बाट्न सिकाइएको छ । बिहिबार कक्षा ९ का विद्यार्थीहरुलाई सामाजिक अध्ययन विषयमा व्यवहारिक ज्ञान होस् भन्नका लागि प्रयोगात्मक कक्षा सञ्चालन गरेर दुनाटपरी बनाउन र डोरी बाट्न सिकाइएको विद्यालय प्रशासनले जनाएको छ ।

सालका पातहरु संकलन गरेर दुनाटपरी बनाउन तथा प्लास्टिकका बोराहरु संकलन गरेर विद्यार्थीहरुलाई डोरी बाट्न सिकाइएको हो । प्लास्टिकको रेशाबाट डोरी बाट्न विद्यालयका संस्थापक प्रिन्सिपल तपेन्द्र बहादुर सिंह स्वयमले सिकाएका हुन भने दुनाटपरी बनाउन शिक्षिकाहरुले सिकाएका हुन ।

विद्यार्थीहरुलाई सौद्धान्तिक रुपमा पढाएर मात्रै शैक्षिक उपलब्धि हाँसिल गर्न सकिदैन भन्ने मान्यताका साथ परम्परागत सीपहरुको सिर्जनात्मक प्रयोग सम्बन्धि प्रयोगात्मक कक्षा पनि सञ्चालन गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तपेन्द्र बहादुर सिंहले जानकारी दिए ।

प्रिन्सिपल सिंहले हरेक कक्षाका विद्यार्थीहरुलाई कुनै न कुनै किसिमको प्रयोगात्मक कक्षामा सहभागी गराउँदै आएको बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?