You are currently viewing धनगढीको एक्सिस विद्याश्रममा जारी १२औँ छुकछुके रोबोट कार्यशाला सोमबार समापन गरिने

धनगढीको एक्सिस विद्याश्रममा जारी १२औँ छुकछुके रोबोट कार्यशाला सोमबार समापन गरिने

१ भाद्र २०८३,धनगढी : एक्सिस विद्याश्रम धनगढीमा सञ्चालन भइरहेको १२ औँ छुकछुके रोबोट कार्यशाला भदौ २ गते  अर्थात भोली भव्य रूपमा सम्पन्न हुने भएको छ। श्रावण २९ गतेदेखि सुरु भएको चारदिने कार्यशालामा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ।


कार्यशालाको मुख्य उद्देश्य विद्यार्थीहरूलाई औद्योगिक स्तरमा हुने उत्पादन (Manufacturing) प्रक्रियाबारे सरल, प्रयोगात्मक तथा रमाइलो तरिकाले जानकारी गराउनु रहेको छ। कार्यशालामार्फत विद्यार्थीहरूले डिजाइन, मेकानिकल संरचना, इलेक्ट्रोनिक्स, प्रोग्रामिङ तथा उत्पादन निर्माणका आधारभूत चरणहरू प्रत्यक्ष अभ्यासमार्फत सिकिरहेका छन्।

विद्यालयकी प्राचार्य डा.अनिता पन्त को प्रेरणादायी नेतृत्व र सक्रिय सहयोगमा सञ्चालन भइरहेको यस कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान क्षमता, टोलीगत कार्य तथा नवप्रवर्तनप्रतिको रुचि अभिवृद्धि गरेको छ। विद्यालय परिवारले उहाँलाई एक ऊर्जाशील, साहसी तथा दूरदर्शी महिला नेतृत्वकर्ताका रूपमा सम्मान गर्ने गरेको छ।

कार्यशालाको प्राविधिक प्रशिक्षण गोदावरी आविष्कार केन्द्रका प्रशिक्षक श्री शेखर साउद ले प्रदान गरिरहनुभएको छ। उहाँले विद्यार्थीहरूलाई STEAM शिक्षा र रोबोटिक्समार्फत उत्पादन निर्माण प्रक्रियाको वास्तविक अनुभव दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।कार्यक्रमको अन्तिम दिन भदौ २ गते विद्यार्थीहरूले निर्माण गरेका छुकछुके (Walking) रोबोटहरूबीच रोचक फुटबल प्रतियोगिता आयोजना गरिनेछ। उक्त प्रतियोगिता कार्यशालाको मुख्य आकर्षण रहनेछ।

विद्यालय प्रशासनले सम्पूर्ण अभिभावकहरूलाई भदौ २ गते आयोजना हुने भव्य समापन समारोह तथा छुकछुके रोबोट फुटबल प्रतियोगितामा उपस्थित भई आफ्ना बालबालिकाको सिर्जना, सीप र उपलब्धिको प्रत्यक्ष अवलोकन गरिदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply