You are currently viewing कैलाली जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा माइलस्टोन स्कुलको उत्कृष्ट प्रर्दशन

कैलाली जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा माइलस्टोन स्कुलको उत्कृष्ट प्रर्दशन

२ भाद्र २०८३,धनगढी: सुदूरपश्चिम तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न “प्रथम एस.टि.ए.कैलाली जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८३” मा धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन बोर्डिङ्ग स्कुलले उत्कृष्ट प्रर्दशन गरेको छ ।

सनिबार सम्पन्न फाइनलमा माइलस्टोन बोर्डिङ्ग स्कुलले ८ स्वर्ण,पाँच रजत र सातवटा काश्य पदक सहित कैलली जिल्लाभरमा दृतीय स्थान हाँसिल गरेको माइलस्टोन स्कुलका तेक्वान्दो प्रशिक्षक योगेन्द्र खोलाउलाले जानकारी दिए । दृतिय स्थान हाँसिल गरेको माइस्टोनले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


पदक विजेता खेलाडीमा खेलप्रति अभिरुची बढाउन र हौसला बढाउन विद्यालयले एक विशेष कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको विद्यालयका प्रिन्सिपल भुवन मल्लले जानकारी दिएका छन ।

साउन २९ गते देखि ३१ गतेसम्म सुदूरपश्चिम प्रदेशको क्षेत्रीय रंगशालामा सञ्चालन भएको उक्त प्रतियोगीतामा कैलाली जिल्लाभरका ३०० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको कैलाली जिल्ला तेक्वान्दो संघका सचिव योगेन्द्र खोलाउलाले जानकारी दिए ।

प्रतियोगीताको उद्घाटन सत्रमा कैलाली जिल्ला खेलकुद समितिका उपाध्यक्ष बेनी खड्का प्रमुख अतिथि रहेका थिए भने समापन सत्रमा कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्द्र प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रशिक्षक शेरबहादुर सिंह,सैनिक आवासिय महाविद्यालय तेघरी कैलालीका एसिए संयोजक इन्द्र बहादुर सिंह,विभिन्न विद्यालयका प्रिन्सिपल,खेलसंग सम्बन्धित व्यक्तीत्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply