धनगढी, कैलाली : धनगढी क्रिकेट एकेडेमी (DCA) को आयोजनामा विद्यालय स्तरको महिला क्रिकेट प्रतियोगिता ‘प्रिन्सेस कप अन्डर–१० क्लास’ आगामी भदौ ३० गतेदेखि धनगढीमा सञ्चालन हुने भएको छ।

सानै उमेरदेखि छात्राहरूमा खेलकुदप्रतिको रुचि जगाउने, उनीहरूको प्रतिभा पहिचान गर्ने र ग्रासरुट स्तरबाटै महिला क्रिकेटको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको मुख्य उद्देश्य तथा महत्व :
महिला क्रिकेटमा नयाँ पुस्ताको आकर्षण बढाउन र उनीहरूलाई सानै उमेरदेखि प्रतिस्पर्धी वातावरण प्रदान गर्न यो प्रतियोगिता महत्त्वपूर्ण सावित हुने आयोजकको विश्वास छ। पढाइसँगै खेलकुदमा पनि छात्राहरूलाई सशक्त बनाउने र भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने जग बसाल्न डीसीएले विद्यालय स्तरको यो प्लेटफर्म तयार पारेको हो।
प्रतियोगिता विवरण तथा मुख्य आकर्षणहरू:
प्रतियोगिता: प्रिन्सेस कप अन्डर–१० क्लास स्कुल लेभल महिला क्रिकेट प्रतियोगिता–२०८३
प्रतियोगिता स्वरूप: १०/१० ओभर (लिग कम नकआउट)

सुरु हुने मिति: २०८३ भदौ ३० गते
स्थान: धनगढी क्रिकेट एकेडेमी (DCA) मैदान, धनगढी–३, कैलाली
सहभागिता योग्यता: कक्षा १० वा सोभन्दा मुनि अध्ययनरत छात्रा खेलाडीहरू
दर्ता शुल्क: रु. ५,०००/-पुरस्कार राशी तथा उपाधिहरू:
प्रथम पुरस्कार (विजेता): नगद रु. ३०,००० + आकर्षक ट्रफी + मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार (उपविजेता): नगद रु. १५,००० + आकर्षक ट्रफी + मेडल र प्रमाणपत्र
प्लेयर अफ द सिरिज: ट्रफी + साइकल
उत्कृष्ट ब्याटर: ट्रफी + क्रिकेट ब्याट
उत्कृष्ट बलर: ट्रफी + स्पोर्ट्स सुज
इमर्जिङ प्लेयर: ट्रफी + क्रिकेट ब्याट
प्लेयर अफ द म्याच: हरेक खेलमा मेडल
आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण विद्यालयहरूलाई समयमै आफ्नो विद्यालयको टिम दर्ता गराउन अनुरोध गरेको छ।
टिम दर्ताको अन्तिम मिति: २०८३ भदौ २५ गतेसम्म
सम्पर्क नम्बर: ९८१०६७९९९२,९७४५६११०४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?