सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा खगेन्द्रराज पनेरु निर्वाचित भएका छन्। नयाँ नेतृत्वको लागि सहमतिको प्रयास नजुटेपछि खगेन्द्रराज पनेरु र श्यामराज जोशीको छुट्टाछुट्टै प्यानल बनाई निर्वाचनमा होमिएको थियो।

शनिबार धनगढीमा सम्पन्न निर्वाचनको मतगणनामा पनेरुले ५४ मत प्राप्त गर्दै प्रतिस्पर्धी श्यामराज जोशीलाई पराजित गरेका हुन्। जोशीले ३८ मत प्राप्त गरे। पनेरु १६ मतको अन्तरले विजयी भएका हुन्।
उपाध्यक्ष (प्रशासन) पदमा टेकबहादुर बोहरा ५३ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी गणेश कँडेलले ३९ मत प्राप्त गरे। बोहरा १४ मतको अन्तरले विजयी भएका हुन्।महासचिवमा जयशंकर ठाकुर निर्वाचित भएका छन्। ठाकुरले ५४ मत प्राप्त गर्दा बासुदेव आचार्यले ३८ मत पाए। ठाकुर १६ मतको अन्तरले विजयी भएका हुन्।
सचिवमा विवेक बिष्ट ६० मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी तपेन्द्र चन्दले ३२ मत प्राप्त गरे। बिष्ट २८ मतको अन्तरले विजयी भएका हुन्।
कोषाध्यक्षमा सुमन सापकोटा निर्वाचित भएका छन्। उनले ४७ मत प्राप्त गर्दा केशव दत्त भट्टले ४२ मत प्राप्त गरे। सापकोटा पाँच मतको अन्तरले विजयी भएका हुन्।
सदस्यतर्फ डम्बर खत्रीले सर्वाधिक ६६ मत प्राप्त गरेका छन्। सदस्यमा मोहनसिंह बिष्ट ५७, सुनिल थापाले ५२ मत प्राप्त गरेका छन्। भवानीप्रसाद जैसीले ५३, जैनिशप्रसाद चौधरीले ५१, चक्रबहादुर बोहराले ५० र हरिप्रसाद ढकालले ४८ मत प्राप्त गरेका छन्। यसअघि दीपक बिष्ट सर्वसम्मत रुपमा उपाध्यक्ष चयन भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?