भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको हो । बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि कैलाली मोडेल स्कुलले रु १ लाख ५ हजार आर्थिक सहयोग गरेको हो ।

सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको विद्यालयका संस्थापक प्राचार्य तपेन्द्र बहादुर सिंहले जानकारी गराए । प्राचार्य सिंहले प्रतिक्रिया दिदै भने देशका जुनसुकै भूभागका नागरिकलाई चोट पर्दा पनि सारा नेपालीलाई दुख्छ दुख्नुपर्छ,बाढीबाट बिचल्लीमा परेका परिवारजनमा थोरै भएपनि राहत होस र उहाँहरुको दु : खमा हामीपनि साथमै छौं भन्नका लागि विद्यालय परिवारको तर्फबाट आर्थिक सहयोग गरेका हौं ।
चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । अहिलेसम्म एक हजार भन्दा बढी मानिसको मृत्य भइसकेको पुष्टि भएको छ भने हजारौं नागरिक सम्पर्क विहिन छन । हाल राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै उद्धार तथा राहत एंव पुर्नस्थापनाको काम अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?