भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुर्नस्थापनाका लागि कैलाली उद्योग वाणिज्य संघले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोगगर्ने

कैलाली उद्योग वाणिज्य संघले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुर्नस्थापनाका लागि सहयोग गर्ने भएको छ । संघले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

संघको बुधबार बसेको बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक, व्यवसायी तथा परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई सक्रिय हुन अपिल गरेको छ ।

बाढीमा परेका सुदूरपश्चिमका पीडित तथा ज्यान गुमाएका परिवारलाई राहत सहयोग उपलब्ध गराउन पहल गर्ने निर्णय पनि संघले गरेको अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।

भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । अहिलेसम्म एक हजार भन्दा बढी मानिसको मृत्य भइसकेको पुष्टि भएको छ भने हजारौं नागरिक सम्पर्क विहिन छन । हाल राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै उद्धार तथा राहत एंव पुर्नस्थापनाको काम अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top