धनगढी – सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै आएको खप्तड फाल्कन्स र SPA कलेजबीच शैक्षिक सहकार्य भएको छ। एसपीए कलेजलाई खप्तड फाल्कन्सको ‘Education Partner’ का रूपमा प्रस्तुत गरिएको छ ।

खेलकुदसँगै खेलाडी तथा युवाको शैक्षिक विकासलाई समेत प्राथमिकता दिने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाइएको छ। यस साझेदारीले खेलाडीहरूलाई आफ्नो खेल करियरसँगै उच्च शिक्षा अघि बढाउन थप अवसर र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
खप्तड फाल्कन्स सुदूरपश्चिमको खेलकुद पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने अभियानमा सक्रिय रहँदै आएको छ। यसैबीच, SPA कलेजले पनि शिक्षा र खेलकुदलाई जोड्दै युवा प्रतिभाको विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
‘खेलसँगै शिक्षा, शिक्षासँगै भविष्य’ भन्ने भावनालाई आत्मसात् गर्दै गरिएको यो साझेदारीले सुदूरपश्चिमका युवा तथा खेलाडीहरूका लागि सकारात्मक वातावरण निर्माण गर्ने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?