धनगढी । धनगढी प्रज्ञा सदन (DPS) ले विद्यार्थीहरूमा रहेको नृत्य प्रतिभाको खोजी, विकास तथा प्रोत्साहन गर्ने उद्देश्यले DPS Dance Star–2083 आयोजना गर्ने भएको छ।

आगामी नृत्य प्रतियोगिताका लागि तयार गरिएको DPS Dance Star–2083 को आकर्षक ट्रफी आज एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। ट्रफी सार्वजनिक कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।विद्यालयले पढाइसँगै बालबालिकामा अन्तर्निहित प्रतिभाको खोजी र विकाससँगै उनीहरूको समग्र व्यक्तित्व विकासका लागि नियमित रूपमा विभिन्न शैक्षिक, सिर्जनात्मक, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।

विद्यार्थीमा रहेको प्रतिभालाई पहिचान गरी त्यसलाई उचित अवसर र मञ्च प्रदान गर्नुका साथै उनीहरूको आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

यसै क्रममा आयोजना हुन लागेको DPS Dance Star–2083 ले विद्यार्थीहरूको नृत्यकला र प्रस्तुति क्षमतालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नसमेत सहयोग पुग्ने विद्यालयले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?