T10 राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि चैतन्य पाठशालाको जर्सी सार्वजनिक,बसन्त कार्कीले सम्हाल्नेछन कप्तानी

T10 राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने चैतन्य पाठशालाको टोलीको जर्सी सार्वजनिक गरिएको छ।विद्यालय परिसरमा आयोजित कार्यक्रममा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सिनेटर प्रा. धर्मदेव भट्टको प्रमुख आतिथ्यमा जर्सी सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि भट्टले खेलाडीहरूलाई जर्सी हस्तान्तरण गर्दै प्रतियोगिताका लागि शुभकामना व्यक्त गरे।

जर्सी सार्वजनिक तथा हस्तान्तरण कार्यक्रममा चैतन्य पाठशालाका सीईओ, प्राचार्य, विद्यालयका विभिन्न पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई विद्यालयले अनुशासन, खेल भावना र उत्कृष्ट प्रदर्शनका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएको छ।

विद्यालयले अध्ययनसँगै खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिँदै विद्यार्थीको प्रतिभा विकासमा निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा आउँदो आइतबारबाट सुरु हुने प्रतियोगीतामा चैतन्य पाठशालाको कप्तानी बसन्त सिंह कार्कीले गर्नेछन । १६ टोली सहभागी रहने उक्त प्रतियोगीताको विजेता टोलीले नगद ४ लाख बढी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top