सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको वार्षिक साधारणसभा प्रदेश अध्यक्ष वासुदेव जोशीको अध्यक्षतामा सम्पन्न भएको छ। नेपाल क्रिकेट संघका ( क्यान ) केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यता उक्त साधारण सभा सम्पनन भएको हो । साधारण सभामा केन्द्रीय सदस्यहरू जयन्ती भट्ट, वीरेन्द्र बहादुर चन्द, विक्रम विष्ट र धीरेन्द्र साउद विशिष्ट अथितिको रुपमा रहेका थिए ।

​सभाले संघका सचिव लक्ष्मण भट्टले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दिनेश बहादुर सिंहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि छलफल गरी आवश्यक सुझावसहित अनुमोदन गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top