ज्योती ईङिलस बोर्डिङ स्कुल कृष्णपुर ५ कञ्चनपुरको ज्योती बाल क्लबद्वारा आयोजना हुन गईरहेको १२औ संस्करणको ज्योती चक्र स्मृती कप क्रिकेट प्रतियोगिता २०८३ भोली मंसिर ११ गते शुक्रवारबाट सुरु हुने भएको छ। प्रतियोगितामा १३ विद्यालयका टिम सहभागी हुने भएका छन्।

२०७१ साल देखि निरन्तर आयोजना भईरहेको विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताले कृष्णपुरमा थुप्रै क्रिकेट खेलाडीको प्रतिभापहिचान गराएको ज्योती ईङिलस बोर्डिङ स्कुलका प्रिन्सिपल एवं ज्योती चक्र स्मृति कपका संरक्षक कुबेर खड्काले बताएका छन्।
प्रतियोगिताको विजेताले नगद रु ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ।

त्यस्तै म्यान अफ दि सिरिजलाई रु १५ हजार बराबरको स्पोर्ट्स साईकल, प्रमाणपत्र र ट्रफी पुरस्कार दिईनेछ भने बलर अफ दि टुर्नामेन्टलाई रु २ हजार ५ सयर( प्रमाणपत्र, ट्रफी र ब्याट्स म्यान अफ दि टुर्नामेन्टलाई पनि रु २ हजार ५ सयर( प्रमाणपत्र, ट्रफी पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगिता कृष्णपुर ४ स्थित लालिगुरास युवा क्लबको खेलमैदानमा सञ्चालन हुनेछ।

बालबालिकाको सर्वाङ्गीण विकास, खेलकुद प्रतिभाको पहिचान, दुर्व्यसनबाट बचावट तथा स्वस्थ, अनुशासित र सद्भावपूर्ण समाज निर्माण गर्नु प्रतियोगिताको मुख्य उदेश्य रहेको विद्यालयले जनाएको छ। ज्योती बाल क्लबकि अध्यक्ष स्मृति स्वारको अध्यक्षतामा बुधबार पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरिएको हो।
New & photo : EN NEPAL