नरेश श्रेष्ठ मेमोरियल यु-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशको विजयी सुरुवात

नरेश श्रेष्ठ मेमोरियल यु-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगीताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । धनगढीको फाप्ला खेल मैदानमा विहिबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गर्दै प्रतियोगीतामा शानदार सुरुवात गरेको हो ।


लुम्बिनी प्रदेशले दिएको १७८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ४१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३६ रन बनाउन सक्यो । आर्यन बिकले ३६,कप्तान निराजन गौतमले २३ तथा निश्चल क्षेत्रीले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रर्दशन गर्न सकेनन । लुम्बिनीका लागि रौनक श्रीवास्तवले ३ तथा प्रिन्स पाल,दिनेश बोहरा र सुभम खनालले समान दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.३ ओभरमा अललआउट हुँदै १७७ रन बनाएको थियो । उसका लागि आरिफ खानले ६१ रनको शानदार अर्धशतकीय पारी खेले । रौनक श्रीवास्तवले ३३ रन बनाउँदा क्षितिज मगरले २५ रनको पारी खेले ।

बलिङतर्फ सुदूरपश्चिमका लागि शुशिल रावल र कप्तान निराजन गौतमले ३ / ३ तथा अमर चन्दले दुई विकेट लिए । लुम्बिनीका लागि अलराउण्ड प्रर्दशन गरेका रौनक श्रीवास्तव म्यान अफ दी म्याच चुनिए । प्रतियोगीतामा भोली धनगढीको फाप्ला मैदानमा लुम्बिनी र कर्णाली प्रदेशका बीच खेल हुनेछ भने महेन्द्रनगरमा मधेश र गण्डकी प्रदेशका बीच खेल हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र नेपाल क्रिकेट संघ क्यानको मुख्य प्रर्वद्धकमा आजबाट सुरु भई मंसिर २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा ७ ओटै प्रदेशका यु१९ टोलीहरुको सहभागीता छन ।


विहिबार बिहान एक औपचारिक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले प्रतियोगीताको उद्घाटन गरेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top